सन्ध्या तिवारीको नाममा दर्ता भएको एमाले बन्यो जजपा

सन्ध्या तिवारीको नाममा दर्ता  भएको एमाले बन्यो जजपा

काठमाडौँ : सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिएपछि सोही नाममा दर्ता रहेको दललाई अर्को नाम प्रस्ताव गर्न निर्वाचन आयोगबाट आएको निर्देशन अनुसार सन्ध्या तिवारीको नाममा दर्ता रहेको एमालेले नाम परिवर्तन गर्दै जजपा प्रस्ताव गरेको छ।

आयोगले १५ दिनको समय दिएर नयाँ नाम र नयाँ चुनाव चिन्ह प्रस्ताव गर्न तिवारीको नाममा रहेको नेकपा एमाले र गोपाल किराँतीको नाममा रहेको माओवादी केन्द्रलाई पत्राचार गरेको थियो।

सोही पत्र अनुसार तिवारीले एमाले नाम छाडेर जनताको जनवादी पार्टी नाम दिन आयोगमा पत्राचार गरेको छ। चुनाव चिन्हमा भने कुनै फेरबदल नगरी पहिल्यै पाएको पहाडबाट उदाउँदो सूर्य नै प्रस्ताव गरेको छ। 

उता किराँतीको पार्टीले भने नयाँ नाम सिफारिस गरेको छैन।

चैत २, २०७७ सोमबार १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।