राष्ट्रपतिले लगाइन् कोरोना विरुद्धको खोप, ढुक्क भएर लगाउन आग्रह  

राष्ट्रपतिले लगाइन् कोरोना विरुद्धको खोप, ढुक्क भएर लगाउन आग्रह  

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएकी छन्।

उनले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर आज (साेमबार) खोप लगाएकी हुन्। राष्ट्रपति भण्डारीले आज अपराह्न ४ः३० बजे खोप लगाएको अस्पतालले जनाएको छ। 

खोप लगाइसकेपछि पत्रकारसँग कुरा गर्दै उनले ढुक्क भएर खोप लगाउन आमसमुदायलाई आग्रह गरेकी छन्।

सरकारले कोरोनाविरुद्ध जनचेतना फैलाएकाले कोरोना संक्रमण न्यून भएको उनले दाबी गरिन्। साथै उनले कोरोना संक्रमणविरुद्ध लडेकोमा स्वास्थ्यकर्मीलाई धन्यवाद दिइन्। 

चैत २, २०७७ सोमबार १७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।