माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।

कोटेश्वर, पेरिसडाँडामा आइतबारबाट सुरु भएको बैठकमा सोमबार केही बेर बसेर स्थगित भएको हो। 

माओवादी केन्द्रका एक केन्द्रीय सदस्यका अनुसार बैठकमा २० जना केन्द्रीय सदस्यले धारणा राखेको र थप ८० जनाले बोल्न नाम टिपाएका थिए। यसले बैठक लम्बिन भएकाले स्थगित गरिएको हो।

नयाँ सरकार निर्माणबारे अरु दलसँग वार्ता गर्नु पर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानु पर्ने भएकाले केही दिन बैठक स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

आजको बैठकमा अधिकांश नेताले पार्टीलाई सैद्धान्तिक र सांगठनिकरूपमा चुस्त, दुरुस्त बनाउनुपर्नेमा जोड दिएका थिए। 

चैत २, २०७७ सोमबार १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।