ओली-नेपाल वार्ता सकियो
काठमाडौँ : नेकपा एमालेको विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबिच भएको वार्ता सकिएको छ।
एमाले पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा आ आफ्ना अडान राखेको नेपाल पक्षका नेता रघुजी पन्तले जानकारी दिए।
वार्ता सकारात्मक भएको बताउँदै उनले आ आफ्ना अडान राखेको बताए। वार्ताका लागि अध्यक्ष एवं प्रधानमन्त्री ओली र माधव कुमार नेपाल, भीम रावल सहितका नेता प्रधानमन्त्रीको निम्तोमा पार्टी कार्यालय पुगेका थिए।
वार्तामा अब एमालेलाई कसरी सुदृढ, प्रभावकारी र सक्रिय बनाएर लैजान सकिन्छ भनेर छलफल भएको नेता पन्तले जानकारी दिए।
चैत २, २०७७ सोमबार १३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।