राष्ट्रपति भण्डारी कोरोनाविरुद्धको खोप लगाउँदै 

राष्ट्रपति भण्डारी कोरोनाविरुद्धको खोप लगाउँदै 

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाउने भएकी छन्। स्वास्थ्य मन्त्रालयको व्यवस्थापनमा राष्ट्रपति भण्डारीले दिउँसो ४ बजे कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए।

खोप लगाउन राष्ट्रपति शीतल निवासबाट शिक्षण अस्पताल पुग्नेछिन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले स्वास्थ्य मन्त्रालयको व्यवस्थापनमा खोप लगाउने जानकारी आएको बताए। 

फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका थिए। अहिले कोरोनाविरुद्धको खोप लगाउने दोस्रो चरण चलिरहेको छ। 

चैत २, २०७७ सोमबार १२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।