माओवादी केन्द्रको बैठकको एजेन्डा - पार्टीको नाम फेर्ने  

माओवादी केन्द्रको बैठकको एजेन्डा - पार्टीको नाम फेर्ने  

काठमाडौँ : नेकपा माओवादी केन्द्रको नाम फेर्ने विषय केन्द्रीय कमिटी बैठकको एजेन्डा बनेको छ। हिजोदेखि सुरु भएको माओवादी केन्द्रीय कमिटीको बैठकमा पार्टीको नाम फेर्ने एजेन्डामा केन्द्रीय सदस्यहरूले धारणा राखेको केन्द्रीय सदस्य गणेश साहले जानकारी दिए। 

नाम फेर्नु पर्ने र नपर्ने विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखे पनि मुख्य विषय भने अहिलेको वर्तमान राजनीतिक अवस्थामै छलफल केन्द्रित भएको उनले बताए। नाम जे राखे पनि चोर कम्युनिस्ट बन्न नहुने धारणा साहले राखे। 

‘कम्युनिस्ट नामको बदनाम हुनु भएन,’उनले भने,‘नाम फेरे पनि ओली कम्युनिस्ट बन्न हुँदैन।’

सर्वोच्च अदालतले परमादेश जारी गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि बसेको माओवादी केन्द्रीय कमिटीको बैठकमा सत्ता सहकार्य, पार्टी एकता, पार्टीको नाम फेर्ने लगायतका विषयमा छलफल भइरहेको साहले जानकारी दिए।  

 

चैत २, २०७७ सोमबार १०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।