कन्टेनरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौँ : ललितपुरको नख्खु दोबाटोमा कन्टेनरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
ना २ ख ७५८३ नम्बरको कन्टेनरमा प्रदेश नं ३-२-१८ प ८३६९ नम्बर मोटरसाइकल ठोक्किँदा कास्की घर भएका गणेश प्रसाद अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
३७ वर्षका अधिकारीको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो। घाइते रबी श्रेष्ठको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ।
श्रेष्ठको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना आइतबार राती पौने १० बजे भएको हो।
चैत २, २०७७ सोमबार ०७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।