काँग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर
काठमाडौँ : नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। फागुन १४ गतेदेखि मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले बताएका हुन्।
उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा. राजीव झाका अनुसार उनको स्वास्थ्यमा सुधार हुन सकेको छैन। जोशीलाई भेन्टिलेटरमै राखिएको उनले बताए। ‘उहाँको स्वास्थ्य अवस्था राम्रो छैन,’ डा.झाले भने, ‘उहाँ जोखिमपूर्ण अवस्थामा हुनुहुन्छ।’
मस्तिष्कघात हुँदा रक्तस्राव भई जोशीको टाउकामा रगत जमेको थियो।
फागुन २८, २०७७ शुक्रबार ०८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।