बाबुरामको दाबी : जसपा मुसा दौडमा छैन
काठमाडौँ : सत्ता साझेदारीबारे बालुवाटारमा प्रधानमन्त्रीसँग वार्ता सक्काएर आएको जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले आफ्नो पार्टी सत्ताको मुसा दौडमा सहभागी नभएको दाबी गरेका छन्।
बालुवाटारमा भएको वार्तामा भने उनी सहभागी थिएनन्। उनले ट्विटमा ‘देश गम्भीर सङ्कटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको नभएको लेखेका छन्।’
उनले लेखे‘ देश यति गम्भीर सङ्कटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है ! अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुन: उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने,आफ्नो आत्म समीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त! जसपा त्यो मुसा दौडमा छैन है'
उनकै पार्टीका नेता लक्ष्मणलाल कर्णले उकेरासँग प्रधानमन्त्री केपी ओलीसँगको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका थिए।
देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है!अदालतको कृपाले अलिअळि लाज बचेको बेला पुन:उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने,आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त!जसपा त्यो मुसादौडमा छैन है!
— Baburam Bhattarai (@brb1954) March 11, 2021
फागुन २७, २०७७ बिहीबार २३:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।