सरकार गठनबारे कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकार गठनलगायत विषयमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले संसद्मा प्रस्तुत हुने रणनीति र सरकार गठनबारे कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
यस्तै, बैठकले फागुन २९ गते केन्द्रीय समिति बैठक र चैत १ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको उनले बताए।
सर्वाेच्च अदालतले गत आइतबार ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई मान्यता दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो।
त्यसयता माओवादी केन्द्रले पहिलो पटक स्थायी कमिटी बैठक बोलाएको हो।
फागुन २५, २०७७ मंगलबार १६:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।