नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु
काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई ब्युँताएपछि माओवादी केन्द्रले पहिलो पटक स्थायी कमिटी बैठक बोलाएको हो।
बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
सर्वोच्चले गत आइतबार नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएको परमादेश जारी गरेको थियो।
फागुन २५, २०७७ मंगलबार १५:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।