मंगलबार १७ चैत, २०८२
ब्वाइज युनियनको जित
काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले जित हासिल गरेकाे छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (शनिबार) भएको खेलमा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।
ब्वाइज युनियनलाई जित दिलाउन मिलन लिम्बुले खेलको ७२ औं मिनेटमा निर्णायक गोल गरे।
जितसँगै ब्वाइज युनियनले १० खेलबाट १७ अंक जोडेको छ। ऊ लिगको अंकतालिकामा चौथो स्थानमा यथावत छ।
पराजित टोली टुसाल भने १० खेलबाट ९ अंक जोडेर आठौं स्थानमा छ।
फागुन २२, २०७७ शनिबार १७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।