नारायणगढ–मुग्लिन सडक एकहप्ता दैनिक साढे ५ घण्टा बन्द हुने
काठमाडौँ : नारायणगढ–मुग्लिन सडकखण्ड भोलिदेखि दिउँसोको समयमा बन्द हुने भएको छ। पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्न भोलि फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो।
नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना निकालेर सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने जानकारी दिएको छ।
दिउँसो साढे ५ घण्टा सडक बन्द गरेर निर्माणको काम गर्न लागेको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने छन्।
यो समयमा नारायणगढतर्फका सवारीसाधन जलबिरेमा र मुग्लिन तर्फका सवारीसाधन शान्ति बजारमा रोकिने छन्।
फागुन २२, २०७७ शनिबार ०९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।