मेलम्चीको पानी बागमतीमा बगाइने 

मेलम्चीको पानी बागमतीमा बगाइने 

काठमाडौँ : सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको मेलम्चीमा रहेको मेलम्ची नदीको पानी बागमतीमा बगाइने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्फत सुन्दरीजलमा पठाइएको पानी बागमतीमा खसाल्ने स्विच थिचेर स्वागत गर्ने कार्यक्रम रहेको छ।

त्यसका लागि प्रधानमन्त्री ओली साँझ ५ बजे सुन्दरीजल पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा आर्थिक वर्ष २०५८/०५९ मा सुरु भएको मेलम्चीको पानीवर्षै पछि फागुन १० गते सुरुङमार्फत सुन्दरीजलमा खसालिएको थियो।

खानेपानी मन्त्रालयले बागमतीमा पानीको सतह बढ्ने भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध  गरेको छ।   

फागुन २२, २०७७ शनिबार ०९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।