ओली समूहको संसदीय दलको बैठकमा दाहाल-नेपाललाई निम्तो

ओली समूहको संसदीय दलको बैठकमा दाहाल-नेपाललाई निम्तो

काठमाडौँ : नेकपा ओली समूहको संसदीय दलको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ। भोलि आइतबार बस्ने प्रतिनिधि सभा बैठकको अघिल्लो दिन दलको बैठक बस्न लागेको हो। 

प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। ‘अरू खास एजेन्डा छैन,’ उनले भने, ‘भोलिको बैठकलाई कसरी प्रभावकारी बनाउने भनेर छलफल हुन्छ।’

बैठकमा उपस्थित हुन दाहाल-नेपाल सहित सबै सांसदलाई एसएमएस गरेर बोलाइएको भट्टराईले बताए। 

नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरेको छ। उसले आफ्नो बैठकमा ११५ जना सांसद उपस्थित भएको दाबी गरेको छ। नेकपाका १७२ सांसद छन्। 

फागुन २२, २०७७ शनिबार ०८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।