कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको छैन : ओली 

कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको छैन : ओली 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कसैलार्ई प्रधानमन्त्रीको प्रस्ताव नराखेको र नराख्ने बताएका छन्। संसदीय दलको बैठक बस्दैछन् भन्ने सुनको भन्दै उनले भने,‘कुन दलको हो म त यहाँ छु।’ 

यस देशमा आफ्नो पार्टी पनि भएको भन्दै माधव–दाहाल पक्षलाई उनले व्यङ्ग्य गरे। प्रधानमन्त्री ओलीले अब नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको बताएका छन्। उनले अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए। 

नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वसँग भएको तीन बुँदे सहमति हस्ताक्षर कार्यक्रममा ओलीले भने, ‘अव नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ।’ उनले यसै पनि नेपालको शान्तिको प्यारोमिटर धेरै माथि पुगेको र अव झन् धेरै पुग्ने भन्दै विप्लवलाई धन्यवाद दिए। उनले भने, ‘यो साहसिक कदम हो, यो सेफ ल्यान्डिङ हो।’ यसो भनिरहँदा विप्लव भने ओलीतिर हेर्दै मुसुमुसु हाँसिरहेका थिए।

‘‘छलफल र वार्ताबाटै समस्या टुङ्ग्याउने छौँ, ’ओलीले भने, ‘शान्तिपूर्ण ढङ्गले गतिविधि पूरा गर्ने भएपछि प्रक्रिया पुर्याएर छुटाउने प्रक्रिया गर्छौँ।’ छुट्ने प्रक्रिया सुरु भइसकेको उनले बताए। 

फागुन २१, २०७७ शुक्रबार १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।