धमेन्द्र बास्तोलालाई हेर्दै प्रधानमन्त्रीले भने : यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो आफू त १४ वर्ष

धमेन्द्र बास्तोलालाई हेर्दै प्रधानमन्त्रीले भने : यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो आफू त १४ वर्ष

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आजै प्रहरीको हिरासतबाट मुक्त भएका विप्लव समूहका नेता धमेन्द्र बास्तोलातिर हेर्दै भने‘ यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो। आफू त १४ वर्ष।’

उनले यसो भन्दा राष्ट्रिय सभा गृहको हलमा ताली बजेको थियो।

सरकार र विप्लव समूहबिच सहमति भएपछि बास्तोला आजै रिहा भएका हुन्। उनी काभ्रे प्रहरीको हिरासतमा थिए। सरकार र विप्लव समूहको नेकपाबिच सहमति भएपछि प्रहरी हिरासतमा रहेका नेकपाका नेताहरू छुटिरहेका छन्।

प्रधानमन्त्री ओलीले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै नेपालमा शान्तिको युग सुरु भएको बताए । उनले भने‘ यो क्यास ल्यान्डिङ हैन, फोर्स ल्यान्डिङ पनि हैन, सेफ ल्यान्डिङ हो।

फागुन २१, २०७७ शुक्रबार १५:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।