राष्ट्रिय सभा गृहमा सरकारी र विप्लव टोली, दायाँतिर सरकारी टोली, विप्लवलाई बायाँ ठाउँ
काठमाडौँ : सरकार र विप्लव समूहबिच भएको सहमति सार्वजनिक गर्न राष्ट्रिय सभामा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका नेत्र विक्रम चन्द आइपुगेका छन्।
मञ्चको बिचमा प्रधानमन्त्री बसेका छन् भने दाहिनेतिर सरकारी टोली र देब्रेतिर विप्लव समूहका नेताहरू बसेका छन्। कार्यक्रम राष्ट्रिय गानबाट सुरु भएको थियो।
राष्ट्रिय सभा गृहमा जानु अगाडि विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। बालुवाटारमा प्रधानमन्त्री र विप्लवबिच वार्ता भएपछि दुवै तोकिएको समयभन्दा ४५ मिनेट ढिला कार्यक्रम स्थलमा पुगेका थिए।
सरकारले विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो भने विप्लव समूहले प्रकाण्डको नेतृत्वमा समिति गठन गरेको थियो। दुवै टोलीको समिति तीन बुँदे सहमतिमा पुगेपछि आज प्रधानमन्त्री र विप्लवले सार्वजनिक रूपमा हस्ताक्षर गरेर सहमति सार्वजनिक हुँदै छ।
फागुन २१, २०७७ शुक्रबार १४:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।