सभागृहमा भन्दा अगाडि बालुवाटारमा सार्वजनिक भए विप्लव 

सभागृहमा भन्दा अगाडि बालुवाटारमा सार्वजनिक भए विप्लव 

काठमाडौँ : दुई वर्षदेखि भूमिगत गतिविधि गर्दै आएका नेत्रविक्रम चन्द विप्लव बालुवाटारमा सार्वजनिक भएका छन्। सरकारसँग ३ बुँदे सहमति गरेपछि नेकपाका महासचिव विप्लव काठमाडौँ आए लगत्तै बालुवाटार पुगेर सार्वजनिक भएका हुन्। 

बालुवाटारमा सरकारी वार्ता टोलीसँग प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनले भने, ‘प्रधानमन्त्री ओली र विप्लवबिच एक्ला एक्लै पनि कुराकानी भएको छ।’

ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाउनुअघि नै भूमिगत भएका विप्लव सरकारसँग सहमति गरेको भोलिपल्ट सार्वजनिक भए। 

बालुवाटारबाटै अब केहीबेरमा प्रधानमन्त्री ओली र विप्लव सहमतिमा हस्ताक्षर समारोहका लागि राष्ट्रिय सभागृह पुगेका छन्।  

 

 

फागुन २१, २०७७ शुक्रबार १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।