सभागृह भित्र जान सुरक्षा जाँच अनिवार्य, लाइटरदेखि कालो मास्कसम्म प्रतिबन्ध

सभागृह भित्र जान सुरक्षा जाँच अनिवार्य, लाइटरदेखि कालो मास्कसम्म प्रतिबन्ध
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : सरकार र नेपाल कम्युनिस्ट पार्टी नेकपाबिच भएको सहमति सार्वजनिक गर्ने कार्यक्रम राखिएको राष्ट्रिय सभा गृहको सुरक्षा व्यवस्था कडा पारिएको छ। सभागृह भित्र पस्न अनिवार्य सुरक्षा जाँच गर्नु पर्ने नियम बनाइएको छ। 

सभागृह भित्र पस्न अहिले लामो लाइन लागेको छ। कार्यक्रम सुरु हुने समय भने दिउँसो २ बजे हो। लाइनमा बसेकाहरू कति वेला भित्र प्रवेश गर्न पाइने हो भनेर गाइँगुइँ गरिरहेका छन्। सभागृहमा प्रवेश गर्नेले लाइटर लान पाउँदैनन् भने कालो मास्क लगाएकाले प्रवेश गर्न दिइएको छैन। 

सरकारसँगको सहमतिपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लु १ च २६६३ नम्बरको गाडी चढेर काठमाडौँ आइसकेका छन्।

विप्लव राष्ट्रिय सभागृह अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्दैछन्। प्रधानमन्त्री ओली र विप्लवले सहमति सार्वजनिक कार्यक्रममा एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

फागुन २१, २०७७ शुक्रबार १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।