सोमबार २३ चैत, २०८२
गाडी चढेर काठमाडौँ आएका विप्लव बालुवाटार पुग्दै
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लु १ च २६६३ नम्बरको गाडी चढेर काठमाडौँ आएका छन्। उनी नवलपुरबाट सिधै नागढुङ्गा, बलम्वु हुँदै बालुवाटार पुग्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न विप्लव वालुवाटार पुग्न कार्यक्रम रहेको बताइए पनि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भेटेपछि जानकारी दिने बताएका छन्।
भेटवार्तापछि प्रधानमन्त्री ओली र विप्लव राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा जानेछन्।
फागुन २१, २०७७ शुक्रबार १२:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।