हिरासतमा रहेका नेकपाका नेताहरू छुट्ने क्रम सुरु
काठमाडौँ : नेपाल प्रहरीले पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी विप्लव नेकपाका नेता कार्यकर्तालाई रिहा गर्न सुरु गरेको छ। सङ्गठित आपराधिक मुद्दामा पक्राउ परेका विप्लव नेकपाका नेता कार्यकर्ता रिहा हुन थालेका हुन्।
सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबिच ३ बुँदे सहमति भएसँग प्रहरीले पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्न थालेको हो। सहमतिमा हिरासतमा रहेका नेकपाका कार्यकर्ता सबैलाई रिहा र मुद्दा खारेज गर्ने उल्लेख छ।
मन्त्रिपरिषद् बैठकले ३ बुँदे सहमति अनुमोदन गर्दै उसमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णयपछि रिहा गर्ने प्रक्रिया सुरु भएको नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले बताए।
प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा सङ्गठित अपराध, आगजनी लगायतका मुद्दामा हिरासतमा रहेका नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन्।
फागुन २१, २०७७ शुक्रबार १२:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।