म्यानमारमा भएको हिंसात्मक दमनको विरोधमा बृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने
काठमाडौँ : बृहत् नागरिक आन्दोलनले म्यानमारमा सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोधमा काठमाडौँस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गर्ने भएको छ।
बिहान ११ बजे नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि म्यानमारका लोकतान्त्रिक आन्दोलनकारीमाथि जारी नरसंहारविरुद्ध प्रदर्शन गरिने आन्दोलनले जनाएको छ।
म्यानमारमा सेनाले शासन सत्ता आफ्नो हातमा लिएको छ र एक वर्ष लामो सङ्कटकालको घोषणा गरेको छ। आङ सान सू ची को एनएलडी पार्टीले ठुलो विजय हासिल गरेको आम निर्वाचनपछि गत फेब्रुअरी महिनामा सेनाले सत्ता कब्जा गरेको हो।
म्यानमारमा सैनिक ‘कु’ को विरुद्ध बुधवार भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागि कम्तीमा ३८ जना मारिएको भन्दै संयुक्त राष्ट्र सङ्घले सैनिक ‘कु’ यताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ।
फागुन २१, २०७७ शुक्रबार ०९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।