प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौँ : सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबिच भएको सहमतिको विस्तृत विवरण आज सार्वजनिक हुँदैछ।

शुक्रवार दिउँसो दुई बजे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवको उपस्थितिमा काठमाडौँको राष्ट्रिय सभागृहमा सहमतिको विस्तृत विवरण सार्वजनिक हुनेछ।

विस्तृत सहमति सार्वजनिक हुने कार्यक्रममा प्रधानमन्त्री ओली र नेकपाका महासचिव विप्लवले सम्बोधन गर्ने छन्।  सरकार र विप्लवको वार्ता टोलीबिच हिजो तीन बुँदे सहमति भएको थियो।

तीन बुँदे सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव नेकपाका तर्फबाट खड्कबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन्। 

सहमतिसँगै भूमिगत गतिविधि गर्दै आएको विप्लव नेकपा हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने छ। सहमति अनुसार पक्राउ परेका विप्लव नेकपाका नेता कार्यकर्तालाई रिहा गर्ने प्रक्रिया पनि आजैदेखि सुरु हुनेछ। नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले थुनामा रहेका नेकपाका नेता कार्यकर्तालाई रिहा गर्ने प्रक्रिया सुरु हुने जानकारी दिए। 

फागुन २१, २०७७ शुक्रबार ०७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।