यो वर्षदेखि रासायनिक मल अभाव नहुने : कृषि मन्त्रालय

यो वर्षदेखि रासायनिक मल अभाव नहुने : कृषि मन्त्रालय

काठमाडौं : यो वर्षदेखि रासायनिक मल अभाव नहुने कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ। 

‘अब रासायनिक मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौं,’ कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले भनिन्। 

चालु आर्थिक वर्षमा रासायनिक मलका लागि छुट्याइएको ११ अर्ब बजेटबाट ५ लाख मेट्रिक टन रासायनिक मल (युरिया मल २ लाख ८२ हजार ५ सय, डिपिए २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गरिने मन्त्रालयले जनाएको छ। 
 

फागुन २१, २०७७ शुक्रबार ०२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।