कांग्रेस पदाधिकारी बैठकको निर्णय– सरकारमा सहभागिताबारे संयमतापूर्वक निष्कर्ष निकाल्छौं

कांग्रेस पदाधिकारी बैठकको निर्णय– सरकारमा सहभागिताबारे संयमतापूर्वक निष्कर्ष निकाल्छौं

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकारमा सहभागिताबारे संयमतापूर्वक निष्कर्ष निकाल्ने निर्णय गरेको छ। 

पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज (बिहीबार) बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढक्ढक्याइरहेको छ। तर, कांग्रेसले ढोका खोलेर ग्रहण गरिसकेको छैन,’ उनले भने, ‘हामी सयंमतापूर्वक झ्यालबाट हेरिरहेका छौं।’

सत्ता साझेदारीका सन्दर्भमा नेकपाका दुवै समूहबाट प्रस्ताव आएको भन्दै उनले बैठकले कुनै प्रस्तावबारे निर्णय नगरेको जानकारी दिए। 
कांग्रेसले भोलि १ बजे सिंहदरवारमा संसदीय दलको बैठकसमेत डाकेको छ।
 

फागुन २०, २०७७ बिहीबार २०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।