चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय मन्त्रिपरिषदबाट अनुमोदन
काठमाडौं : नेत्रविक्रम चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय मन्त्रिपरिषदले अनुमोदन गरेकाे छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय अनुमोदन गरेकाे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए।
यस्तै, बैठकले चन्द समूहसँग आज भएको तीन बुँदे सहमति पनि अनुमोदन गर्ने र गहुँको मूल्य निर्धारण गर्ने निर्णय गरेको छ।
यसअघि आज सरकार र चन्द समूहबीच चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा गर्नेसहित तीन बुँदे सहमति भएको थियो।
सरकारले चन्द समूहमाथि २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो।
फागुन २०, २०७७ बिहीबार १९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।