श्री भगवतीले झम्सिखेल युथलाई हरायो
काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबलाई पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (बिहीबार) भएको खेलमा श्री भगवतीले झम्सिखेल युथलाई ३–२ गोल अन्तरले पराजित गरेको हो।
श्री भगवतीले खेलको ११ औं मिनेटमा झम्सिखेलका सुनिल शाहीको आत्मघाती गोलबाट अग्रता बनाएको थियो। तर, खेलको ३२ औं मिनेटमा झम्सिखेलले बराबरी गोल फर्कायो। झम्सिखेलका मदन स्याङ्तानले गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो।
खेलको ५६ औं मिनेटमा श्रीभगवतीले आफ्नो अग्रता बढायो। श्रीभगवतीका लागि नवराज गुरुङले गोल गरे। खेलको ६८ औं मिनेटमा झम्सिखेलका अनिशले गोल गरेपछि खेल पुनः बराबरीमा पुग्यो।
त्यसको १४ मिनेटमै श्री भगवतीले अर्काे गोल थप्यो। खेलको ८२ औं मिनेटमा मोहनबहादुर थापा मगरले श्री भगवतीका लागि निर्णायक गोल गरे।
जितसँगै श्री भगवती ९ खेलबाट ९ अंक जोडेर अंकतालिकाको आठौं स्थानमा उक्लिएको छ। समान खेल खेलेको झम्सिखेलको ६ अंक मात्रै छ। ऊ अंकतालिकाको ११ औं स्थानमा छ।
फागुन २०, २०७७ बिहीबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।