सरकार र विप्लव नेकपाबिच तीन बुँदे सहमति, ओली र विप्लवले सम्बोधन गर्ने
काठमाडौँ : सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाउने प्रतिबन्ध हटाउने सहमति गरेको छ। विप्लवले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने सहमति जनाएको छ।
सरकार र विप्लव नेकपाको वार्ता टोलीबिच २०७७ फागुन १९ र २० मा भएको छलफलमा यो सहमति तीन बुँदे सहमति भएको छ। सहमतिको पहिलो बुँदा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने भनिएको छ।
सहमतिमा विप्लव नेकपाका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरू रहेका सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराइले जानकारी दिए।
सहमतिमा गृहमन्त्री तथा सरकारी वार्ता टोलीका प्रमुख रामबहादुर थापा र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा वार्ता टोली प्रमुख प्रकाण्डले हस्ताक्षर गरेका छन्। सहमतिका बुँदा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने भट्टराईले जानकारी दिए।
फागुन २१ गते भोलि शुक्रवार २ बजे सार्वजनिक गरिने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ।
फागुन २०, २०७७ बिहीबार १०:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।