सुनकोसी-मरिन डाइभर्सनको शिलान्यास गर्न प्रधानमन्त्री सिन्धुली जाँदै 

सुनकोसी-मरिन डाइभर्सनको शिलान्यास गर्न प्रधानमन्त्री सिन्धुली जाँदै 

आयोजना शिलान्यास गर्न प्रधानमन्त्री ओली बिहान ११ बजे हेलिकप्टरबाट सिन्धुली ओर्लने कार्यक्रम रहेको छ। सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सुनकोसी–मरिन डाइभर्सन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो।

सुनकोसी र गोलन्जोर गाउँपालिकाको सिमाना नजिकै रहेको खुर्कोटबाट बाँध बाँधी १३.१ किलोमिटर लामो सुरुङमार्फत ६७ मिटर क्युसेक पानी मरिन खोलामा खसाल्ने योजना रहेको छ।

सिन्धुलीको कमलामाई नगरपालिका–२ मा निर्माण हुने विद्युत् गृहबाट ४२ दशमलव ५ मेगावाट विद्युत् उत्पादन गर्ने र बारा, पर्सा, रौतहटमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको आयोजनाले जनाएको छ। 

चालु आर्थिक वर्षका लागि संसद्मा प्रस्तुत बजेटमा सुनकोसी–मरिन आयोजनाका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो आयोजनाको सुरुङ अमेरिकन प्रविधिको टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत खनिने छ।

फागुन २०, २०७७ बिहीबार ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।