आज देशभरका अदालत बन्द
आज बिहीबार एक दिन शोक व्यक्त गर्न सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधिकरण बन्द हुने सर्वोच्च अदालतले जनाएको छ।
पूर्व प्रधानन्यायाधीश सिंहको फागुन १८ गते साँझ निधन भएको थियो। सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मिएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्ति पाएका थिए।
सर्वोच्च अदालतले विज्ञप्ति निकालेर उनको निधनले देशले एउटा सच्चा न्याय प्रेमी गुमाएको उल्लेख गरेको छ।
फागुन २०, २०७७ बिहीबार ०८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।