लागू औषध र लुटपाटमा संलग्न ३ जना पक्राउ

लागू औषध र लुटपाटमा संलग्न ३ जना  पक्राउ

बाराको कलैयाबाट काठमाडौँ आउँदै गरेको ना १ ज ७४५० नम्बरको टाटा सुमोलाई चेक जाँच गर्दा बारा घर भएका १९ वर्षका सोनु कुमार यादव लागू औषध सहित पक्राउ परेका प्रहरीले जनाएको छ।

उनको साथबाट नुरफिम, डाइजोपाम सहित २७ सय एम्पुल लागू औषध प्रहरीले बरामद गरेको जनाएको छ। 

यस्तै काठमाडौँको जय नेपाल हल अगाडिको सडकमा लुटपाट गर्न खोज्ने धादिङ घर भएका १५ वर्षका एक बालक र ललितपुरका सुमन क्षेत्री पक्राउ परेका छन्। 

फागुन २०, २०७७ बिहीबार ०७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।