अभद्र व्यवहारको मुद्दामा प्रहरी हिरासतमा रहेका आठ अभियन्ता रिहा भए
काठमाडौँ : बालाजु क्षेत्रमा भइरहेको सडक विस्तारको विरोध गर्दा अभद्र व्यवहारमा पक्राउ परेका आठ जना अभियन्ता रिहा भएका छन्।
एक सातादेखि महानगरीय प्रहरी वृत्तको हिरासतमा रहेका उनीहरू सर्वोच्च अदालतको आदेशमा विना सर्त रिहा भएका हुन्। उनीहरू फागुन १२ गते पक्राउ परेका हुन्। सडक विस्तारको विरोधमा विरोध प्रदर्शनको नेतृत्व गरिरहेका रवीन्द्र श्रेष्ठका अनुसार आठै जना रिहा भएका छन्।
‘सर्वोच्चले उहाँहरूलाई विना सर्त रिहा गर्यो,’ उनले भने।
फागुन १२ गते बालाजु बाइपासमा सूचना केन्द्र बनाउन जस्ताले बारेर काम सुरु भएपछि विरोधको क्रममा महेश्वर श्रेष्ठ, मीन शाही, रुहित श्रेष्ठ, भिमदेव श्रेष्ठ, संजय तामाङ, दिपेन श्रेष्ठ पक्राउ परेका थिए। उनीहरूलाई भेट्न जाँदा सुमन सायमी र विरोचन श्रेष्ठ पक्राउ परेका थिए।
फागुन १८, २०७७ मंगलबार १६:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।