सोमबार २३ चैत, २०८२
देशभर थप ७८ जनामा कोरोना पुष्टि, ७२ निको भए
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३ पुगेको छ।
पछिल्लो एक दिनमा कोरोना संक्रमणका कारण कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।
फागुन १८, २०७७ मंगलबार १६:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।