बालाजु सडक विस्तार विवाद : हिरासतको फोटो खिच्ने पक्राउ, फोटो डिलेट गर्न लगाएर रिहा
काठमाडौँ : प्रहरी हिरासतमा रहेका बालाजु सडक विस्तारको विरोध गर्नेहरूको फोटो खिच्ने एक पत्रकार पक्राउ लगत्तै रिहा भएका छन्। महानगरीय प्रहरी वृत्त सोह्खुट्टेका डिएसपी दीपक खड्काले संवेदनशील क्षेत्रको तस्बिर खिचेका कारण नियन्त्रणमा लिएको बताए।
उनले भने,‘हिरासत कक्षको फोटो जबरजस्ती खिचेका कारण आफूलाई फोटो पत्रकार बताउने प्रकाश श्रेष्ठलाई नियन्त्रणमा लिएर छाडेका छौ।’ पत्रकार श्रेष्ठले खिचेका फोटोहरू क्यामराबाट हटाउन लगाएर छाडिएको उनले बताए।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरले हिरासत कक्षको फोटो खिच्न नमिल्ने बताए। ‘हिरासत कक्षको तस्बिर लिनेलाई नियन्त्रणमा लिएर छोडेको जानकारी आएको छ’ उनले भने।
फागुन १८, २०७७ मंगलबार १४:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।