आगोले ताप्लेजुङमा ४७ घर जले 

आगोले ताप्लेजुङमा ४७ घर जले 
तस्बिर : रेडियो तमोरको फेसबुक

ताप्लेजुङ : ताप्लेजुङको दोभान बजारमा लागेको आगोले ४७ वटा घर जलेका छन्। बजारमा डेरा पसल गरेर बस्ने ३२ जना परिवार बिचल्लीमा परेका छन्। 

आगाले मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिइन। मेरिङदेन गाउँपालिकाको खाम्लुङमा बिहानदेखि लागेको आगो नियन्त्रणमा आउन लागेको खड्काले बताइन। 

‘केहीबेरमा आगो नियण्त्रणमा आउनेछ, उनले भनिन्, आगलागीबाट पशु चौपायाको क्षति भएको जानकारी छ।’ उनले यसबिषयमा अहिले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा छलफल भइरहेको बताइन।

फागुन १८, २०७७ मंगलबार १३:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।