ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने २ जना चालक पक्राउ
काठमाडौँ : कागजपत्र माग्दा घुस दिन खोज्ने दुई जना चालकलाई पक्राउ गरेको ट्राफिक प्रहरीले जनाएको छ। बालाजु औद्योगिक क्षेत्रबाट क्षमता भन्दा धेरै सामान लोड गरेर निस्केका ना ५ ख ६५१४ र ना ५ ख ९१२५ नम्बरको गाडीका चालक पक्राउ परेका हुन्।
चालक अनोज मोक्तानले वनस्थली सडक खण्डमा रहेका ट्राफिक प्रहरी विवेक नकाललाई २ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको ट्राफिक प्रहरीले जनाएको छ।
यस्तै चालक विजय चौधरीले ट्राफिक प्रहरी वसन्त गौतमलाई १ सय रुपैयाँ दिएर उम्कन खोजेकाले पक्राउ गरिएको ट्राफिक प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेका दुवै चालकलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजुमा राखिएको छ।
फागुन १८, २०७७ मंगलबार ०८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।