१२ लाख बराबरको अवैध मोबाइल बरामद
काठमाडौँ : प्रहरीले विभिन्न ब्रान्डका अवैध मोबाइल बरामद गरेको छ। अनुमानित १२ लाख ४४ हजार मूल्य बराबरको विभिन्न ब्रान्डका १६७ थान मोबाइल बरामद गरेको हो।
काठमाडौँ गौरीघाट संगमचोकमा डेरा गरी बस्ने २६ वर्षको मिलन श्रेष्ठको कोठाबाट अवैध मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ। बरामद भएका मोबाइल चोरी गरेर ल्याइएको हो या भन्सार छलेर ल्याइएको हो भनेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए।
चोरी गरेर ल्याइएको पाइए चोरी मुद्दामा कारबाही गरिने र अवैध भन्सार छलेर ल्याइएको पाइएमा भन्सार कार्यालयमा बुझाउने तयारी भएको ढुङ्गानाले बताए।
फागुन १८, २०७७ मंगलबार ०८:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।