चीनले नेपाललाई ८ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने
काठमाडौं : चीनले नेपाललाई आठ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज (सोमबार) साँझ ट्विट गर्दै नेपाललाई ८ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने निर्णय भएको जनाएकी हुन्।
यसअघि चीनले नेपाललाई पाँच लाख डोज कोरोनाविरुद्ध खोप अनुदानमा दिने बताएको थियो।
चीनले सिनोफार्मको सहयोगमा बेइजिङ इन्स्टिच्युड अफ बायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेकोे ‘सार्स–कोभ–२ भ्याक्सिन (भेरो सेल), इनएक्टिभेटेड’ नामक कोरोनाविरुद्धको खोप अनुदानमा दिन सक्ने बताइएको छ।
नेपालमा उक्त खोपले आपतकालीन प्रयोगको लागि अनुमति पाइसकेको छ।
फागुन १७, २०७७ सोमबार २२:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।