बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु
सांकेतिक तस्बिर।

काठमाडौं : बर्दियामा बाघको आक्रमणमा परी आज (सोमबार) एकजनाको मृत्यु भएको छ। 

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको नवरंग बाँझपुर सामुदायिक वनमा गाईबस्तु चराउन गएका राजापुर नगरपालिका–१०, कालाबन्जरका ६२ वर्षीय लालबहादुर चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जले जनाएको छ। 

उनीसँगै गएका अन्य गोठालाले भने भागेर ज्यान बचाएकाे र घटनाबारे खबर गरेकाे निकुञ्जले जनाएकाे छ। 

त्यसपछि चौधरीको खाेजीका लागि निकुञ्जबाट हात्तीसहित सुरक्षाकर्मीको टोली खटिएकाे थियाे। उक्त टाेलीले साँझ ६ बजे झाडीमा मृत अवस्थामा चौधरीलाई फेला पारेको थियो। 

फागुन १७, २०७७ सोमबार २१:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।