सभामुख सापकोटा र अस्ट्रेलियाका राजदूतबीच भेट 

सभामुख सापकोटा र अस्ट्रेलियाका राजदूतबीच भेट 

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच आज (सोमबार) शिष्टाचार भेट भएको छ।

सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले नवनियुक्त राजदूत भोल्कलाई सफल कार्यकालको शुभकामना दिए। 

भेटमा सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच ६ दशक लामो कुटनीतिक सम्बन्ध हार्दिक, सुमधुर, बहुआयामिक र नमुनायोग्य रहेको चर्चा गरे। साथै उनले अस्ट्रेलियाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणमा हासिल गरेको उपलब्धिप्रति खुसी व्यक्त गरे। 

उनले अस्ट्रेलियाको १ सय २० वर्षको संघीयतासम्बन्धी असल अभ्यासहरू नेपालका लागि सिकाइ हुने बताए। 

राजदूत भोल्कले आफ्नो कार्यकालमा नेपालमा व्यापार, लगानी प्रवर्द्धन र संघीयता कार्यान्वयनका लागि सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गरिन्।  

फागुन १७, २०७७ सोमबार २०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।