२४ घण्टामा थप ७३ जनामा कोरोना पुष्टि, ३ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ७३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
योसँगै देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये २ लाख ७० हजार ४ सय ७१ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा देशभर थप ६४ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। उक्त अवधिमा थप ३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या २ हजार ७ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ।
फागुन १७, २०७७ सोमबार १८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।