मंगलबार १७ चैत, २०८२
आरसिटीले टुसाललाई हरायो
काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम (आरसिटी)ले जित निकालेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज (सोमबार) सम्पन्न खेलमा आरसिटीले टुसाल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।
आरसिटीलाई जित दिलाउन अजित गुरुङले निर्णायक गोल गरे। उनले खेलको ७३ औं मिनेटमा गोल गर्दै टिमलाई ३ अंक दिलाए।
जितसँगै आरसिटी लिगको अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ। आरसिटीले ८ खेलबाट १२ अंक जोडेको छ। टुसाल भने ८ खेलमा ८ अंक जोडेर सातौं स्थानमा छ।
फागुन १७, २०७७ सोमबार १५:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।