ने क पा दाहाल–नेपाल समूहले बोलायो स्थायी र केन्द्रीय कमिटी बैठक
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दाहाल–नेपाल समूहले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज (सोमबार) बसेको उक्त समूहको सचिवालय बैठकले आगामी मंगलबार स्थायी कमिटी र बुधबार केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।
बैठकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमहरूबारे छलफल गर्ने निर्णय भएको बताइएको छ।
यस्तै, सचिवालय बैठकले पार्टीको आधिकारिकता टुंगो लगाउन निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।
फागुन १७, २०७७ सोमबार १५:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।