विप्लव नेकपाका बाबुलाल श्रेष्ठ नेकपामा प्रवेश
कास्की : विप्लव नेकपा समूह परित्याग गरी बागलुङ नगरपालिकाका बाबुलाल श्रेष्ठ नेकपा ओली समूहमा प्रवेश गरेका छन्।
नेकपा ओली समूहको पोखरा सभागृहमा सुरु भएको गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलामा श्रेष्ठ नेकपा ओली समूहमा प्रवेश गरेका हुन्।
श्रेष्ठलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई माला लगाइदिए भने गृहमन्त्री रामबहादुर थापाले खादा लगाइदिएर पार्टी प्रवेश गराएका छन्।
ओली समूहको भेलामा विभिन्न पार्टी परित्याग गरेर प्रवेश गर्नेलाई ओली र थापाले स्वागत गरेका थिए।
फागुन १७, २०७७ सोमबार १४:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।