प्रधानसेनापति थापाले लगाए कोरोना विरुद्धको खोप

प्रधानसेनापति थापाले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना विरुद्धको खोप लगाएका छन्। प्रधानसेनापति थापाले छाउनीस्थित वीरेन्द्र अस्पतालमा कोरोना खोपको पहिलो डोज लिएका हुन्। 

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति थापाले आज सोमबार छाउनीस्थित वीरेन्द्र अस्पतालमा खोपको पहिलो डोज लिएका हुन्। ‘उहाँले बिहान ११ बजेतिर खोप लगाउनु भएको हो, सैनिक प्रवक्ता संतोषबल्लभ पौडेलले उकेरासँग भने, अहिलेसम्म स्वास्थ्यमा कुनै असर देखिएको छैन।’

उनले प्रधानसेनापति थापा सैनिक कमान्डको नेतृत्वमा रहेकाले अरूलाई खोप लगाउन प्रोत्साहन गर्ने प्रवक्ता पौडेलले बताए। 

नेपालमा माघ १४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन सुरु भएको हो। कोरोना विरुद्धको खोप लगाउने पहिलो चरण सकिएर फागुन २३ गतेदेखि दोस्रो चरण सुरु हुँदैछ। 

फागुन १७, २०७७ सोमबार १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।