संसद् अधिवेशन आव्हानको सिफारिस सायद आज आउँला : राष्ट्रपति कार्यालय
काठमाडौँ : राष्ट्रपति कार्यालयले संसद् अधिवेशन आव्हानको सिफारिस नआएको जनाएको छ। सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गर्ने फैसला फागुन ११ गते गरेको थियो। उसले १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश थियो।
तर, तर, संसद् अधिवेशन आव्हानको सिफारिस आइतबारसम्म राष्ट्रपतिको कार्यालयमा नआएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए। ‘संसद् अधिवेशन आव्हानको पत्र आएको छैन, प्रवक्ता पन्तले उकेरासँग भने, सायद आज आउँला कि।'
संसद् अधिवेशन आव्हानको सिफारिस गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को बैठक सोमबार बिहान बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बजेका लागि बैठक बोलाइएको खानेपानी मन्त्री मणि थापाले जानकारी दिए।
बैठकमा छलफल हुने कार्यसूची भने नपाएको उनले बताए। ‘मन्त्रिपरिषद् बैठक बोलाइएको छ, उनले उकेरासँग भने, छलफलको एजेन्डा बैठक बसेपछि थाहा हुन्छ।’
फागुन १७, २०७७ सोमबार ०८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।