प्रहरीले गोली चलाउँदा म्यानमार १८ जनाको मृत्यु 

प्रहरीले गोली चलाउँदा म्यानमार १८ जनाको मृत्यु 

काठमाडौँ : म्यानमारमा १८ जना मारिएको घटनालाई संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले अहिलेसम्मकै घातक भनेको छ। 

प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा १८ जनाको मृत्यु भएको छ। फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएयता म्यानमारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्।

प्रदर्शनमा प्रहरीले गोली र अश्रुग्याँस प्रहार गर्दा याङ्गुन लगायतका सहरमा १८ जना मारिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ।

आङ सान सू ची लगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाइएको छ।

फागुन १७, २०७७ सोमबार ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।