प्रधानमन्त्री ओलीले भने ‘राजीनामा दिनै हुन्न नि, अलपत्र पार्ने ?’
काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले नेकपाको दाहाल–नेपाल समूहका नेता पुष्पकमल दाहाल प्रचण्डलाई बहुमत भए प्रधानमन्त्री फेर्न चुनौती दिएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम 'यक्ष प्रश्न'मा कुरा गर्दै भने‘ बहुमतै भए पार्लियामेन्टबाट प्रधानमन्त्री नै फेरे भइहाल्यो नि।’
उनले राजीनामा पत्र नलेख्ने बताउँदै भने‘म पत्र लेख्दिन, लेख्ने अवस्था छैन, हैन।’
उनले आवश्यक परे विश्वासको मत लिन सक्ने र लिन सक्छु भने। उनले यसको अर्को विकल्पमा अविश्वासको प्रस्ताव राखेर आफूलाई हटाउने बाटो समेत रहेको बताए।
उनले ‘नखजमजियोस् भनेर राजीनामा दिन सकिने, विश्वासको मत लिन सकिने लगायतका विकल्पहरू रहेको दाबी गरे ।
उनले संसद् विघटनको निर्णयमा गल्ती महसुस नगरेको भन्दै भने‘ ‘अदालतको फैसला आफ्नो ठाउँमा छ । तर म त्यसको कार्यान्वयन गर्छु।’ उनले भने ‘मैले गरेको निर्णयले यो स्थिति होइन, देश चुनावतिर जान्थ्यो । समस्याको समाधान हुनेतिर जान्थ्यो ।’
उनले संसद् विघटनको निर्णय बदर भएपछि पुष्पकमल दाहाल र माधव नेपालले लड्डु खाएको प्रसङ्ग कोट्याउँदै त्यसपछि दुवै नेताहरू प्रधानमन्त्री खोज्दै बुढानीलकण्ठ पुगेर बिन्ती गरेको भन्दै कटाक्ष गरेका थिए।
उनले आफू ६४ प्रतिशत सांसद भएको दलको नेता र प्रधानमन्त्री भएको बताउँदै केही मान्छेले गैर संसदीय वचन र व्यवहार गरेको दाबी गरे। उनले दोहोर्याउँदै सक्ने हो भने अविश्वासको प्रस्ताव ल्याएर पारित गर्न चुनौती दिए।
उनले यस अगाडि संसद्मा दर्ता भएको भनिएको अविश्वासको प्रस्ताव ल्याएर पारित गर्न चुनौती दिए। उनले फागुन २३ गते संसद् बस्ने बताए। उनले भने‘राजीनामा दिनै हुन्न नि, अलपत्र पार्ने ?’
फागुन १६, २०७७ आइतबार २२:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।