तरकारी बजारमा फेला पर्‍यो १८ लाख, हुन्डीको भएको प्रहरी दाबी

तरकारी बजारमा फेला पर्‍यो १८ लाख, हुन्डीको भएको प्रहरी दाबी

काठमाडौँ : कुशेश्वरमा रहेको फलफूल बजारमा प्रहरीले १८ लाख सहित तीन जनालाई पक्राउ गरेको छ। आइतबार महानगरीय प्रहरी वृत्त कालीमाटीले १८ लाख रुपैंयासहित नुवाकोटका २ जना र भारतका एक जनालाई पक्राउ गरेको हो। 

पक्राउ परेका नुवाकोट विदुरका नवराज कार्की, सुमन थापा र  भारत, विहारका सत्यनारायण प्रसाद हुन्डी कारोबार रहेको प्रहरीको दाबी छ। कार्की कुशेश्वरमा रहेको कान्तिपुर कोलोनीमा बस्दै आएका छन् ।

उनी फलफूल बजारमा फलफूल पसल नम्बर ३०९ र ३१० का सञ्चालक समेत हुन्। कार्की उनको कामदार हुन्।

फागुन १६, २०७७ आइतबार २२:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।